राष्ट्रिय

अर्काको नाममा परीक्षा दिने एक जना काठमाडौंबाट पक्राउ

- केएफएम डेस्ककाठमाडौं

नक्कली परीक्षार्थी बनेर परिक्षा दिएको आरोपमा प्रहरीले काठमाडौंबाट एक जनालाई पक्राउ गरेको छ ।

 काठमाडौं १४ बल्खुस्थित जनप्रशासन क्यामपसमा एमपीए संकायको तेस्रो सेमेस्टका विद्यार्थी दानबहादुर रोकायाको तर्फबाट परिक्षामा सहभागी भएका जुम्लाका २६ वर्षीय केशव रोकायालाई प्रहरीले पक्राउ गरेको हो । 

जिल्ला प्रहरी परिसर काठामाडौंका सूचना अधिकारी अपीलराज बोहोराका अनुसार क्याम्पसले गरेको पत्राचारको आधारमा आरोपीलाई पक्राउ गरिएको हो । पक्राउ परेका केशवमाथि अनुसन्धानका लागि जिल्ला प्रशासन कार्यालयले ५ दिन म्याद थप गरेको प्रहरीले जनाएको छ ।