प्रधानमन्त्री ओली चार दिने भ्रमणका लागि स्पेन जाने
- काठमाडौंप्रधानमन्त्री केपी शर्मा ओली चार दिने औपचारिक भ्रमणका लागि स्पेन जाने हुनुभएको छ ।
प्रधानमन्त्री ओली यहि असार १६ देखि १९ गतेसम्म आयोजना हुने ‘विकासका लागि वित्तसम्बन्धी चौथो अन्तर्राष्ट्रिय सम्मेलन’मा भाग लिन आगामी शनिबार त्यसतर्फ प्रस्थान गर्न लाग्नुभएको हो ।
प्रधानमन्त्रीको औपचारिक भ्रमणको सम्पूर्ण तयारी पूरा भएकोे स्पेनका लागि नेपाली राजदूत शनिल नेपालले जानकारी दिनुभयो ।
भ्रमणका क्रममा प्रधानमन्त्री ओलीले आफ्ना समकक्षीसँग द्विपक्षीय भेटवार्ता गर्नुहुनेछ । सो अवसरमा सहयोग र सम्बन्ध विस्तारसम्बन्धी केही महत्वपूर्ण विषयमा नेपाल र स्पेनबीच सहमतिपत्रमा हस्ताक्षर हुनेछ ।