राष्ट्रिय

दुई वर्ष भित्र नेपाल धानमा आत्मनिर्भर हुन्छः मन्त्री अधिकारी

- केएफएम डेस्ककाठमाडौं

सरकारले आगामी २ वर्ष भित्र नेपाल धानमा आत्मनिर्भर हुने जनाएको छ । 

राष्ट्रिय धान दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै कृषिमन्त्री रामनाथ अधिकारीले नेपाल धानमा आत्मनिर्भर हुने बताउनुभएको हो । 

आगामी आर्थिक वर्षको बजेटमा समेत सरकारले धान उत्पादनलाई प्राथमिकतामा राखेकाले उपलब्धी प्रप्तीमा सहयोग हुने मन्त्री अधिकारीले बताउनुभयो ।  

चैते धान उत्पादन गरि धानमा देशलाई आत्मनिर्भर बनाउन लागिएको उहाँको भनाई छ । धान रोपाईका लागि पर्याप्त मात्रामा किसानले मल पाउन नसकिरहेको समयमा मन्त्री अधिकारीको सो अभिव्यक्ति आएको हो ।