रूपन्देही–३ मा कात्तिक १७ गते उपनिर्वाचन हुने
- काठमाडौंरुपन्देहीको क्षेत्र नम्बर ३ मा आगामी कात्तिक १७ गते उपनिर्वाचन हुने भएको छ ।
निर्वाचन आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले उपनिर्वाचनको मिति तय भएको जानकारी दिनुभयो ।
राष्ट्रिय प्रजातन्त्र पार्टीबाट सो क्षेत्रमा निर्वाचित भएका सांसद दीपक बोहराको गत चैत १९ मा निधन भएपछि सो क्षेत्र खाली छ । २०७९ को निर्वाचनमा बोहराले कांग्रेस नेता बालकृष्ण खाँणलाई पराजित गर्नुभएको थियो ।