दरबारमार्गमा निर्माणाधीन भवनको चौथो तलाबाट खसेर दुई जनाको मृत्यु
- काठमाडौंकाठमाडौंको दरबारमार्गमा निर्माणाधीन भवनको चौथो तलाबाट खस्दा दुई कामदारको मृत्यु भएको छ ।
मृत्यु हुनेमा कैलालीका करिब ३० वर्षीय प्रदेशी चौधरी र बर्दियाका करिब २० वर्षीय विशाल चौधरी रहेको प्रहरीले जनाएको छ । दरबारमार्गस्थित हिटीपोखरी नजिक पोतला डेभलप्मेन्ट प्रालिले बनाउँदै गरेको ९ तले पक्की भवनमा आज साँझ ५ बजे सो घटना भएको हो ।
चौथो तलामा लिफ्टमा चढेर ग्रिज लगाउने क्रममा फलामको सिक्री चुँडिएर खस्दा गम्भीर घाइते भएका उनीहरुलाई तत्काल उपचारका लागि वीर अस्पताल लगिएको थियो । अस्पतालले दुवैलाई मृत घोषणा गरेको प्रहरीले जनाएको छ ।