राष्ट्रिय

हेटौंडामा ट्रक दुर्घटना हुँदा चालकको मृत्यु

- प्रताप विष्टहेटौंडा

मकवानपुरको हेटौंडा उपमहानगरपालिका–१५ रातोमाटेमा भारतीय नम्बरको ट्रक दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । एक जना घाइते भएका छन् । 

भारतको बनारसबाट हेटौंडा–१५ स्थित रिद्धिसिद्धि सिमेन्ट उद्योगका निम्ति कोइला लिएर आएको भारतीय नम्बरको ट्रक दुर्घटना हुँदा चालकको मृत्यु भएको हो । मृतकको सनाखत ह्ुन नसकेको प्रहरीले जनाएको छ ।

सहचालक भारत गाजिपुरका २६ वर्षीय मनोज यादव घाइते भएका छन् । उनको उपचार हेटौंडा अस्पतालमा भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक एवं प्रवक्ता श्यामु अर्यालले बताउनुभयो । आज बिहान साढे २ बजेतिर रातोमाटेको चार्जिङ स्टेसन नजिकै ट्रक पल्टिएको थियो ।