राष्ट्रिय

विनयी खोलामा निर्माण गरिएको नयाँ पुलमार्फत बिहीबारदेखि यातायात सञ्चालन हुने

- नारायण शर्मा

नवलपरासीको दुम्कीवासस्थित विनयी खोलामा निर्माण गरिएको नयाँ पुलमार्फत भोलिदेखि यातायात सञ्चालन हुने भएको छ । नारायणगढ–बुटवल सडक योजना पूर्वीखण्डका प्रमुख इन्जिनियर ईश्वरबहादुर रिजालका अनुसार नयाँ पुलको भारवहन क्षमता बलियो देखिएकाले भोलि बिहान ११ बजेदेखि महेन्द्रराजमार्ग हुँदै सबै सवारी साधन ओहोरदोहोर गराइनेछ । 

गत पुस २६ गते विनयी खोलामा रहेको फलामे पुल भाँचिएपछि सो स्थानमा खोलामा डाइभर्सन बनाएर सवारीसाधन सञ्चालन गरिँदै आएको थियो । त्यसपछि गत जेठ २४ गते पक्की पुलको अन्तिम भाग ढलान गरिएको थियो । पुलले आवश्यक लोड धान्न सक्ने भएपछि भोलिदेखि निरन्तर रूपमा यातायात सञ्चालन हुने भएको हो ।