कुलिङ अफ पिरियडमा भएको जालझेलको जिम्मा सभामुखले लिनुपर्छः माओवादी केन्द्र
-प्रमुख प्रतिपक्षी दल माओवादी केन्द्रले कुलिङ अफ पिरियडमा भएको जालझेलको जिम्मा सभामुखले लिनुपर्ने बताएको छ । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आयोजित पत्रकार सम्मेलनमा माओवादी केन्द्रले नैतिकताको आधारमा संसद्को नेतृत्वले जिम्मेवारी लिनुपर्ने धारणा सार्वजनिक गरेको हो । पार्टी प्रवक्ता अग्निप्रसाद सापकोटाले समितिमा भएको सहमतिअनुसार कुलिङ पिरियडसम्बन्धी प्रावधान सदनमा प्रस्तुत नहुँदा गम्भीर प्रश्न उठेको बताउनुभयो ।
सुशासनका लागि कोशेढुंगा सावित हुने जनताको अपेक्षा विपरीत गम्भीर विश्वासघात भएको माओवादीको ठहर छ । विधेयक कार्यसूचीदेखि पारित गर्ने क्रमसम्मको प्रक्रिया हेर्दा एकाध व्यक्तिको दुःसाहस मात्र नभएर सुनियोजित तरिकाले गरिएको प्रवक्ता सापकोटाले बताउनुभयो ।