झांक्रीलाई स्पष्टीकरण
-एकीकृत समाजवादीले स्थायी कमिटी सदस्य रामकुमारी झाँक्रीलाई स्पष्टीकरण सोधेको छ । पार्टीको अनुशासन आयोगले तीन दिनभित्र लिखित जवाफ दिन निर्देशन दिएको छ । झाँक्रीले गत आइतबार बुटवलमा अध्यक्ष माधवकुमार नेपालमाथि भ्रष्टाचार मुद्दा लागेको भन्दै सार्वजनिक टिप्पणी गर्नु भएको थियो ।
झांक्रीले पार्टीमा अर्ली महाधिवेशनको मागसमेत गर्नु भएको थियो । झांक्रीले बोलेको विषयलाई लिएर आयोगले स्पष्टीकरण सोधेको पाण्डेले बताउनुभयो ।