क्रिप्टो करेन्सी कारोबारको आरोपमा ६ चिनियाँसहित ५२ जना पक्राउ
- काठमाडौंनेपालमा प्रतिबन्धित क्रिप्टो करेन्सी कारोबार गरेको आरोपमा प्रहरीले ६ जना चिनियाँ नागरिक सहित ५२ जनालाई पक्राउ गरेको छ ।
काठमाडौं र ललितपुरको विभिन्न स्थानबाट उनीहरुलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले पक्राउ गरेको हो । डेटिङ एपको प्रयोगमार्फत उनीहरुले क्रिप्टो करेन्सीको कारोबार गर्दै आएको पाइएको ब्यूरोका प्रहरी उपरीक्षक युवराज खड्काले जानकारी दिनुभयो ।
उहाँका अनुसार पक्राउ परेका व्यक्तिहरुले सोसल सफ्टवेयर डेभलप्मेन्ट कम्पनी दर्ता गरि गैरकानुनी रुपमा कल सेन्टर सञ्चालन गर्दै आएको पाइएको छ । उनीहरुको साथबाट प्रहरीले १३ लाख ९९ हजार रुपैयाँ बरामद गरेको छ ।
पक्राउ परेका मध्ये ६ जना चिनियाँ नागरिक विरुद्ध अभौतीक मुद्रा सम्बन्धी कसुरमा मुद्दा दर्ता गरिएको छ भने अन्य ४६ जनामाथि भने अनुसन्धान भइरहेको छ ।