राप्रपाले भ्रष्टाचार विरोधी अभियान सञ्चालन गर्ने
- काठमाडौंविपक्षी दल राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले भ्रष्टाचार विरोधी अभियान सञ्चालन गर्ने भएको छ ।
सो पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले भ्रष्टाचार विरोधी गतिविधिलाई अभियानको रुपमा अघि बढाउने निर्णय गरेको हो । राप्रपाका प्रवक्ता मोहन श्रेष्ठले भ्रष्टाचार र भ्रष्टाचारजन्य गतिविधि समेटेर अख्तियार दुरुपयोग अनुसन्धान आयोग लगायत सम्बद्ध निकायमा पार्टीले ज्ञापनपत्र पेश गर्ने जानकारी दिनुभयो ।
यसैबीच, राप्रपाले रुपन्देहीको क्षेत्र नं ३ मा हुने प्रतिनिधिसभाको उपनिर्वाचनको आवश्यक प्रक्रिया र तयारी प्रारम्भ गर्न जिल्ला कार्यसमितिलाई निर्देशन दिएको छ । त्यस्तै, सम्भावित उम्मेदवारको सुची सिफारिस गरी असार मसान्तसम्म केन्द्रीय कार्यालयमा पठाउन जिल्ला कार्य समितिलाई निर्देशन दिइएको राप्रपाले जनाएको छ ।
राप्रपाका नेता दीपक बोहोराको निधनपछि रिक्त स्थानमा आगामी कात्तिक १७ गते उपनिर्वाचन हुन लागेको हो ।