यसवर्ष ६० हजार बढीमा डेंगु संक्रमणको जोखिम
- काठमाडौंयसवर्ष ६० हजारभन्दा बढीमा डेंगु संक्रमण हुनसक्ने आँकलन गरिएको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले अन्तरक्रिया कार्यक्रम गर्दै सोबारे जानकारी गराएको हो ।
अन्तरक्रिया कार्यक्रममा बोल्दै महाशाखाको किटजन्य शाखाका प्रमुख डा. गोकर्ण दाहालले डेंगु फैलने समय आएकोले जति बेला पनि जुनसुकै ठाउँमा डेंगु संक्रमण तीव्र गतिमा फैलिने हुँदा सचेत हुन आग्रह गर्नुभयो ।
उहाँकाअनुसार साउनदेखि कात्तिक अन्तिमसम्म अत्यधिक मात्रमा डेंगु संक्रमण बढ्ने उच्च जोखिम छ । उहाँले हालसम्म ७३ जिल्लाबाट १ हजार ६ सयको हारहारीमा डेंगु संक्रमण पुष्टि भएको बताउनुभयो ।