गायिका चौहानलाई गालि गर्ने एक जना पक्राउ, ३ दिन म्याद थप
- काठमाडौंगायिका एलिना चौहानलाई सामाजिक सञ्जालमा गालीगलौज गरेको आरोपमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ ।
प्रहरीको साइबर ब्युरोले चितवन घर भई ललितपुरको बाडेगाउँ बस्दै आएका ३३ वर्षीय गुन्जन राईलाई पक्राउ गरेको हो । पक्राउ परेका राईमाथि अनुसन्धानका लागि काठमाडौं जिल्ला अदालतबाट ३ दिनका लागि म्याद थप भएको साइबर ब्यूरोले जनाएको छ ।
गायिका चौहानले साइबर ब्युरो पुगेर सामाजिक सञ्जालमा आफ्नो चरित्रहत्या भएको भन्दै दिएको उजुरीका आधारमा राईलाई पक्राउ गरिएको हो ।