राष्ट्रिय

मधेश प्रदेशसभा बैठक भोलिसम्म स्थगित, बजेट पूर्नलेखन गर्नुपर्ने विपक्षीको माग

- अजित तिवारीधनुषा

बजेटमा बिचौलिया हाबी रहेको र सांसदका योजनालाई पाखा लगाइएको आरोप लगाउदैं मधेश प्रदेश सभाका विपक्षी दलहरुले आज पनि प्रदेशसभाको बैठकमा अवरोध गरेका छन् । सभामुख रामचन्द्र मण्डलले आजको प्रदेशसभा बैठक सुरु भएको घोषणा गरे लगत्तै विपक्षीदलका सांसदहरुहरे उभिएर विरोध जनाएका थिए ।

 जनता समाजवादी पार्टी नेपालकी सांसद सुरिता साहले मधेशसरकारले ल्याएको बजेटमा बिचौलिया हाबी भएको आरोप लगाउनुभयो । विपक्षी दल माओवादी केन्द्रकी सांसद सुनिताकुमारी यादवले स्थानीय तह र प्रदेश सांसदले सिफारिस गरेको योजना बजेटमा नसमेटिएको र बिचौलियाका योजनालाई टेकेर बजेट ल्याइएको भन्दै आपत्ती जनाउनुभयो । 

 मधेश प्रदेशसभामा एकमात्र समानुपातिक सांसद रहेको संघीय समाजवादी नेपालकी सांसद बिमला अन्सारी तरुन्नमले बजेट पूर्नलेखन नगरे प्रदेशसभाको बैठक शान्तिपूर्ण चल्न नदिने चेतावनी दिुभएको छ । विपक्षी दलको विरोधपछि प्रदेशसभाको अर्को बैठक भोलिसम्मका लागि स्थगित भएको छ ।