सिन्धुपाल्चोकका बासिन्दालाई सतर्क रहन आग्रह
-जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकले नदी आसपास क्षेत्रका बासिन्दालाई सतर्कता अपनाउन आग्रह गरेको छ ।
सहायक प्रमुख जिल्ला अधिकारी गणेश नेपालीले सूचना जारी गर्दै चीनको तिब्बत क्षेत्रको न्यालममा बर्षा भइरहेकाले भोटेकोशी र सुनकोशी नदी आसपास क्षेत्रका बासिन्दालाई सतर्कता अपनाउन आग्रह गर्नुभएको हो ।
अरनिको राजमार्गको बन्देउदेखि लिपिङमा सवारी साधन चलाउँदा सतर्कता अपनाउन सूचना मार्फत आग्रह गरिएको छ ।