राप्रपाबाट प्रवक्ता लावती पदमुक्त
-राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले सगुन सुन्दर लावतीलाई प्रवक्ता पदबाट हटाएको छ । पार्टी प्रवक्ता एवं प्रचार विभाग प्रमुख मोहन कुमार श्रेष्ठका अनुसार राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले लावतीलाई प्रवक्ता पदबाट मुक्त गर्नु भएको हो । यसैगरी लिङ्देनले केन्द्रीय अनुशासन समितिको अध्यक्षमा सांसद रोशन कार्कीलाई मनोनीत गर्नु भएको छ ।
पार्टी विधानले दिएको अधिकार प्रयोग गरी लिङ्देनले लावतीलाई पदमुक्त र कार्कीलाई मनोनीत गरेको प्रवक्ता एवं प्रचार विभाग प्रमुख श्रेष्ठले जानकारी दिनुभयो । लावतीमाथि केही समयदेखि पार्टी गतिविधिमा सक्रिय नरहेको आरोप लागेको थियो ।