राष्ट्रिय

विषालु च्याउ खाँदा दुई बिरामी

- भवानी भट्ट

कञ्चनपुरको कृष्णपुर नगरपालिका २ वाणीमा विषालु च्याउ खाँदा एकै परिवारका दुई जना बिरामी भएका छन् । उनीहरुको धनगढी स्थित सेती प्रादेशिक अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । 

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका डिएसपी सागर बोहराका अनुसार १८ वर्षीया संगिता चौधरी र उनकी आमा देवा देवी चौधरी बिरामी भएका हुन् । संगिताले जंगलबाट ल्याएको च्याउ खाएपछि उनीहरु बिरामी भएका थिए ।