विद्युत अवरुद्ध हुँदा चार गाउँ अन्धकार
-दार्चुलाको ब्यास गाउापालिका २ घट्टेखोलामा आएको बाढीले दुम्लिङ लघुजलविद्युत आयोजनाको नहर बगाउादा चार गाउाका स्थानीय विद्युत सेवाबाट प्रभावित बनेका छन् । गत मंगलबार रातीदेखिको वर्षाले नहर बगाएपछि विद्युतको उत्पादन नै बन्द भएको छ भने एक सय घरधूरीका मानिस रातीको समयमा अन्धकारमा बस्न बाध्य भएका हुन् । सो गाउापालिकाको तल्लो दुम्लिङ, बीचगाउा, चौराकाठा र दुम्लिङ गोठानगाउामा विद्युत आपूर्ती बन्द भएको वडाअध्यक्ष धिरज बुढाथोकीले बताउनुभयो ।
लगातारको वर्षाले बुधबार बिहान सबा १ बजेको समयमा विद्युतको नहर र आसपासको घरमा क्षति पुगेको हो । यस्तै बाढीले दुम्लिङ र काठदुम्लिङ जोड्ने २ वटा काठेपुल बगाएको छ । पुल नहुादा आवातजावातमा समेत समस्या भएको छ । बाढीका कारण खोला छेउमा रहेको अपिनाम्पा संरक्षण क्षेत्र दुम्लिङ पोष्टको कार्यालय र स्थानीयका ५ घर समेत जोखिममा रहेको वडाअध्यक्ष बुढाथोकीको भनाइ छ । गरिबी निवारण कार्यक्रमको आर्थिक सहयोग र राजाकोट युवा क्लवको प्राविधिक सहयोगमा २० वर्षअघि निर्माण गरिएको सो आयोजनाको नहरमा बाढीले क्षति पुर्याएको हो ।