राष्ट्रिय

सुनसरीमा एक किशोरीको गोली हानी हत्या

- पर्वत पोर्तेलविराटनगर

सुनसरीको हरिनगर गाउँपालिका–६ घुस्कीमा एक किशोरीको गोलीप्रहारबाट हत्या भएको छ । 

भारत बिहारस्थित पत्राहा पञ्चायत–१६ घुर्नाका २९ वर्षीय आजात मिया जटले साली नाता पर्ने १८ वर्षीया किशोरी अर्सी खातुनको गएराती गोली हानी हत्या गरेको प्रहरीको प्रारम्भिक अनुसन्धान छ ।

 गोली टाउकोमा लागेका कारण घटनास्थलमै अर्सीको ज्यान गएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । हत्या पारिवारिक नातामा संलग्न व्यक्तिबाट भएकाले परिवारभित्रको आन्तरिक समस्या र सम्बन्धका कारण भएको हुन सक्ने प्रहरी आशंका छ ।