रोकिराखेको मिनी ट्रकमा स्कुटर ठोक्किँदा स्कुटर चालकको मृत्यु
- तनहुँपृथ्वीराजमार्ग अन्तर्गत तनहुँको व्यास नगरपालिका–१ अम्रेनीमा रोकिराखेको मिनी ट्रकमा ठोक्किँदा सोमबार दिउँसो एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् ।
डुम्रेबाट दमौलीतर्फ आउँदै गरेको ग २२ प ३९८९ नम्बरको स्कुटर सडकखण्डको बायाँपट्टि रोकिराखेको बा १ क ८७१४ नम्बरको मिनी ट्रकमा ठोक्किँदा स्कुटर चालकको मृत्यु भएको हो ।
जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरिक्षक अशोक थापाका अनुसार दुर्घटनामा व्यास नगरपालिका–१२ छिर्कनेका अन्दाजी २५ र ३० वर्षीय सागर न्यौपाने मृत्यु भएको हो । दुर्घटनामा स्कुटरमा सवार सोही ठाउँका ६० वर्षीय कृष्णमाया पन्त घाइते भएकी छन् ।
दुर्घटनामा घाइते न्यौपानेलाई रत्नहरी अस्पताल पठाइएकामा चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जनाएको छ । घाइते पन्तलाई थप उपचारका लागि गण्डकी मेडिकल अस्पताल पोखरा पठाइएको छ ।