राष्ट्रिय

आगलागी भएको २३ वर्षपछि चैनपुरका ३५ जनालाई लालपुर्जा वितरण

- दीपेन्द्र शाक्यसङ्खुवासभा

आगलागी भएको २३ वर्षपछि सङ्खवासभा चैनपुरका स्थानीयले जग्गाको लालपुर्जा पाएका छन् । चैनपुर नगरपालिका ९ का ३५ जनालाई बिशेष नापी कार्यालयले आज लालपुर्जा वितरण गरेको हो । 

सशस्त्र द्वन्द्वकालको बेला २०५९ बैशाख १४ गते संखुवासभाको चैनपुरमा रहेको नापी तथा मालपोत कार्यालय समेतमा आगजनी र क्षति हुँदा नापी कार्यालयमा रहेका सक्कल नक्सा र फिल्डबुक तथा मालपोत कार्यालयमा रहेका जग्गाधनी दर्ता श्रेस्ता लगायतका महत्वपूर्ण भूमिलगत नष्ट भएको थियो ।

२०७६ माघ १३ को मन्त्रीपरिषदको निर्णयले पुनः नापजाँच गरी सोको पुनःस्थापनाकालागि विशेष नापी कार्यालय चैनपुर, स्थापना भएको हो। हाल यस कार्यालय अन्तर्गत दुई वटा नापी टोलीहरुमार्फत चैनपुर नगरपालिका क्षेत्रमा नापनक्सा तथा जग्गा दर्ताको काम हुँदै आएको छ ।