राष्ट्रिय

छाउपडी गोठ भत्काउने अभियान सुरु गर्न सबै पालिकालाई कञ्चनपुर प्रशासनको निर्देशन

- केएफएम डेस्ककाठमाडौं

कञ्चनपुरको कृष्णपुर नगरपालिका १ मा छाउपडी गोठमा सुतेका बेला एक महिलाको सर्पदंशबाट मृत्यु भएपछि जिल्ला प्रशासन कार्यालयले सबै स्थानीय तहलाई छाउपडी गोठ भत्काउने अभियान सुरु गर्न निर्देशन दिएको छ ।

आज प्रमुख जिल्ला अधिकारी लक्ष्मण ढकालले जिल्लाका नौ वटै स्थानीय तहलाई सो निर्देशन दिनुभएको हो । गत शुक्रबार छाउपडी गोठमा सुतेकी २८ वर्षीया कमला आउजी दमाईलाई सर्पले डसेपछि धनगढीको सेती प्रादेशिक अस्पतालमा उपचारका क्रममा शनिबार मृत्यु भएको थियो ।

छाउपडी गोठ भत्काएर परम्पारगत कुप्रथा अन्त्य गर्न विशेष अभियान सञ्चालन गर्नुपर्ने भएकाले आवश्यक निर्णय गरि अभियान सञ्चान गर्न प्रमुख जिल्ला अधिकारी ढकालले सबै स्थानीय तहलाई निर्देशन दिनुभएको हो । हिजो कृष्णपुर नगरपालिकाले पनि सबै वडा कार्यालयलाई छाउपडी गोठ भत्काउन निर्देशन दिएको थियो ।