राष्ट्रिय

गुप्ताले मन्त्री पदबाट राजीनामा दिएपनि पक्राउ गरी छानबिन गर्न विपक्षी दलको माग

- केएफएम डेस्क

राजकुमार गुप्ताले मन्त्री पदबाट राजीनामा दिएपनि उहाँलाई पक्राउ गरी छानबिन गर्न विपक्षी दलका सांसदले माग गरेका छन् । सामान्य प्रशासन मन्त्रीबाट गुप्ताले राजिनामा दिएपनि अडियो प्रकरणमा जोडिएका कृषि मन्त्री बलराम अधिकारीमाथि समेत छानविनको माग संसदभित्र उठेको छ । राप्रपाका सांसद ज्ञानेन्द्र शाहीले घुस प्रकरणमा जोडिएका मन्त्रीलाई पक्राउ गरी छानविन गर्न सरकारसँग माग गर्नुभयो ।

नैतिकताका आधारमा गुप्ताले पदबाट राजिनामा दिएपनि अर्का मन्त्रीको बिषयमा छानविन हुनुपर्ने माग विपक्षी माओवादी केन्द्रका सांसदले राखेका छन् ।

अर्को विपक्षी दल रास्वपाका सांसदले घुस प्रकरणमा जोडिएका अन्य व्यक्तिलाई समेत छानविनको दायरामा ल्याउनुपर्ने धारणा राखेका छन् ।

यसैबीच सत्तारुढ एमालेका सांसदले संसदमा व्यक्ति विशेषलाई बिना प्रमाण आरोप लगाउने प्रवृत्ति बढेको भन्दै आपत्ति जनाएका छन् ।

आफ्नो धारणा राखेपछि रास्वपा र राप्रपाका सांसदले भने आजको बैठक पनि बहिष्कार गरेका थिए ।