राष्ट्रिय

घूस प्रकरणमा छानबिन गर्न तयार छुः मन्त्री अधिकारी

- केएफएम डेस्ककाठमाडौं

भूमि व्यवस्था मन्त्री बलराम अधिकारीले घूस प्रकरणमा सार्वजनिक अडियोबारे छानबिन गर्न आफू तयार रहेको बताउनुभएको छ । मन्त्रालयमा आज आयोजित पत्रकार सम्मेलनमा मन्त्री अधिकारीले सो प्रकरणमा आफू संलग्न नरहेको दाबी गर्नुभयो ।

पोखराको बाटुलेचौरस्थित १ सय ३४ रोपनी जग्गा ‘सेटिङ’ मिलाएर दर्ता गर्नका लागि ३२ लाख रुपैयाँ घूस बुझेको दाबी गरिएको अडियो सार्वजनिक भएपछि मन्त्री अधिकारीको सो अभिव्यक्ति आएको हो ।

अडियोमा एमालेका स्थानीय नेता सुजन लामामार्फत अधिकारीले मन्त्री क्वार्टरमै घूस रकम लिएको दाबी गरिएको छ । यसैबीच, मन्त्री अधिकारीले मन्त्रालयको एक वर्षको प्रगति प्रतिवेदन सार्वजनिक गर्नुभएको छ ।