राष्ट्रिय

स्थानीय शासन कार्यसम्पादन मुल्याङ्कनकालागि नयाँ कार्यविधि कार्यान्वयनमा

- केएफएम डेस्ककाठमाडौं

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्थानीय शासन कार्यसम्पादन मूल्याङ्कनका लागि ५ वटा विषयगत क्षेत्र कायम गर्दै त्यसको कार्यन्वयन शुरु गरेको छ । 

स्थानीय तहको कार्यसम्पादनकालागि सुशासन तथा संस्थागत विकास, सामाजिक विकास, आर्थिक विकास, पूर्वाधार विकास र वन, वातावरण तथा विपद् व्यवस्थापनसहित क्षेत्र तोकिएको हो ।

 मन्त्रीस्तरिय निर्णय अनुसार स्थानीय तहको मूल्याङ्कन कार्यविधि कार्यन्वयनका लागि सम्बन्धित निकायलाई पत्राचार गर्दै कार्यविधि सार्वजनिक गरिएको मन्त्रालयका शाखा अधिकृत दीपेश कट्टेलले जानकारी दिनुभयो ।

 स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कन कार्यविधि, स्थानीय तह वित्तीय सुशासन जोखिम मूल्याङ्कन कार्यविधि र स्थानीय आर्थिक विकास मूल्याङ्कन कार्यविधिलाई एकीकरण र परिमार्जन गरी नयाँ कार्यविधि तयार गरिएको मन्त्रालयले जनाएको छ । मन्त्रालयले स्थानीय तहको सुशासन, वित्तीय व्यवस्थापन, सेवा प्रवाह र आर्थिक–सामाजिक विकासमा प्राप्त उपलब्धिको मूल्याङ्कन गर्न कार्यविधि बनाएको हो ।