राष्ट्रिय

पछिल्लो ७ महिनामा विपद्जन्य घटनामा परी १ सय ६३ जनाको मृत्यु

- केएफएम डेस्ककाठमाडौं

पछिल्लो ७ महिनामा विभिन्न विपद्जन्य घटनामा परि १ सय ६३ जनाको मृत्यु भएको छ । 

 गृहमन्त्रालय अन्तर्गतको विपद् पोर्टलका अनुसार यो अवधिमा भएका ४ हजार ७ सय ३६ वटा घटनामा परि उनीहरुको मृत्यु भएको हो । सरकारी विवरण अनुसार चट्याङ लागेर ४१ जनाको मृत्यु भएको छ भने आगलागीका घटनामा परि ३८ जनाले ज्यान गुमाएका छन् । 

यस्तै जनावरको आक्रमणबाट २६, बाढीका काराण १३, लेक लागेर १५ तथा पहिरोमा परि १० जनाको मृत्यु भएको छ । विपद्जन्य घटनामा परि ८ सय ४५ जना घाईते भएका छन् । विवरण अनुसार विपद्जन्य घटनाबाट कोशी प्रदेशमा सबैभन्दा धेरै क्षति भएको छ भने गण्डकी प्रदेशमा तुलनात्मक रुपमा कम क्षति भएको छ ।