कोशी, नारायणी र कर्णाली जलाधार क्षेत्रका नदीमा बाढीको सम्भावना
- काठमाडौंजल तथा मौसम विज्ञान विभाग अन्तर्गतको बाढी पूर्वानुमान महाशाखाले कोशी, नारायणी र कर्णाली लगायत जलाधार क्षेत्रका विभिन्न नदीमा पानीको सतह उल्लेख्य बढ्ने सम्भावना रहेको जनाएको छ ।
आज विहानको मापन अनुसार कोशी नारायणी, महाकाली, कमला, बागमती, बबई र कन्काई लगायत नदीमा जल सतह सतर्कताको तह भन्दा तल रहेपनि केही नदिमा भने बाढीको जोखिम रहेको जनाएको हो ।
विभागका अनुसार इलाम, झापा, काठमाडौं, ललितपुर, काभ्रेपलाञ्चोक, नुवाकोट, सिन्धुली, मकवानपुर, दाङ, बर्दिया, अछाम लगायत जिल्ला भइ बग्ने स–सान नदीमा पानीको बहाब एक्कासी बढेर बाढी आउन सक्ने जोखिम छ । नदी तटिय क्षेत्रमा बसोबास गर्दै आएकाहरुलाई सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ ।