राष्ट्रिय

चितवनको खैरहनीमा गाडीको ठक्करबाट पैदलयात्रीको मृत्यु

- रमेशकुमार पौडेलचितवन

चितवनको खैरहनीमा गाडीको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको छ । गाडीको ठक्करबाट पर्साको वीरगञ्ज महानगरपालिका–११ बेलुवाका ३१ वर्षीय राम अवतारको मृत्यु भएको चितवन जिल्ला प्रहरी कार्यालयले जनाएको छ । 

सोमबार राति सवा ८ बजेतिर खैरहनी नगरपालिका–१ सहिद चोकमा अवतारलाई गाडीले ठक्कर दिएको प्रहरी नायब उपरीक्षक रविन्द्र खनालले बताउनुभयो । 

सडक पार गर्ने क्रममा ना ३ च ६६१० नम्बरको भ्यानको ठक्करबाट घाइते भएका अवतारको भरतपुरस्थित पुरानो मेडिकल कलेजमा उपचारको क्रममा मृत्यु भएको डीएसपी खनालले जानकारी दिनुभयो । 

ठक्कर दिने भ्यानका चालक खैरहनी नगरपालिका–१० का ३५ वर्षीय वीरेन्द्र चौधरीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।