मदन पुरस्कार २०८१ का लागि छनोट भएका पुस्तकहरुको सूची सार्वजनिक
-मदन पुरस्कार २०८१ सालका लागि छनोट भएका पुस्तकहरुको सूची सार्वजनिक भएको छ । मदन पुरस्कार गुठीले मंगलबार सात पुस्तकको सूची सार्वजनिक गरेको हो ।
सूचीमा छुदेन काविमोको उरमाल, रमेश भुसालको छालबाटो, कुमारी लामाको दज्र्यु संलाप, मनप्रसाद सुब्बाको पञ्च तत्वको पालाम, श्रेयज सुवेदीको बहुरुपी, सुधीर शर्माको भिक्षु, व्यापार र विद्रोह र तीर्थ गुरुङको हिउँको गीत परेका छन् । पुरस्कारका लागि २ सय ९९ पुस्तक प्राप्त भएको गुठीका अध्यक्ष कुन्द दीक्षितद्वारा विज्ञप्तिमा उल्लेख छ ।