एक वर्षमा २३ सय ६९ प्रहरीले दिए राजीनामा
- काठमाडौंपछिल्लो एक वर्षको अवधिमा नेपाल प्रहरीबाट झण्डै २ हजार ४ सय जनाले राजिनामा दिएका छन् ।
नेपाल प्रहरीका अनुसार २०८१ साउनदेखि २०८२ असार मसान्तको अवधिमा जवानदेखि अधिकृत तहसम्मका २३ सय ६९ प्रहरीले राजीनामा दिएका हुन् । त्यसबारे प्रहरी प्रधान कार्यालयले पत्रकार सम्मेलनमार्फत् जानकारी दिएको हो । कतिपय प्रहरी भने अपराध र आचरण विपरीतका गतिविधिमा मुछिएपछि विभागीय कारबाहीमा परेर पनि राजीनामा दिएर अलग हुने गरेको पाइएको छ ।
प्रहरीमा सरुवा, बढुवा, वृत्ति विकासलगायतमा देखिएको असन्तुष्टिको असर राजनीनामामा देखिएको बताइन्छ । वैदेशिक रोजगारीमा आकर्षक तलब पाएर पनि प्रहरीहरु सेवाबाट अलग हुने परिस्थिति देखिएको प्रहरीले जनाएको छ । यसैबीच गत आर्थिक वर्षमा देशभरका प्रहरी कार्यलयमा अपराधसम्बन्धि ५८ हजार ४ सय ७२ उजुरी परेको छ ।