राष्ट्रिय

दिक्तेल रुपाकोटका नगर प्रमुख भट्टराईद्वारा माइतीघरमा सत्याग्रह सुरु

- केएफएम डेस्ककाठमाडौं

खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका प्रमुख तीर्थराज भट्टराईले काठमाडौंको माइतीघरमा सत्याग्रह सुरु गर्नुभएको छ । बाँस लगायत स्थानीय उत्पादनको प्रवद्र्धन गर्नुपर्ने माग राख्दै भट्टराई बिहानदेखि सत्याग्रहमा बस्नु भएको हो । 

गत जेठ २३ गते र असार ६ गते बाँस लगायत स्थानीय उत्पादको प्रवद्र्धन गर्नुपर्ने लगायत विभिन्न सात सूत्रीय माग प्रधानमन्त्री समक्ष पठाएपनि कार्यान्वयन गर्न सरकार उदासीन बनेको भन्दै सत्याग्रहमा बसेको भट्टराईले बताउनुभयो । 

बाँस तथा बाँसबाट निर्मित सामग्रीसहित सिंहदरबार परिक्रमा गर्न खोज्दा प्रहरीले रोकेको भट्टराईका सचिवालय सदस्य चिरन्जीवी खतिवडाले जानकारी दिनुभयो ।