राष्ट्रिय

वीरगन्ज महानगरमा दैनिक १ करोड लिटर बढी पानी बितरण

- शंकर आचार्य

खानेपानीको चरम अभाव खेपी रहेको वीरगन्ज महानगरपालिकामा दैनिक १ करोड लिटर बढी पानी आपूर्ती हुन थालेको छ । नेपाल खानेपानी संस्थान वीरगन्ज शाखाको नगवास्थित पम्प स्टेशनबाट डिप वेल बोरिङ यसै साता सन्चालनमा आएपछि महानगरमा करीब २० लाख लिटर पानीको थप व्यवस्था भएको हो । 

शाखाका इन्जिनियर एवम् सूचना अधिकृत सन्जिव यादवका अनुसार, हालै सन्चालनमा आएको सो डिप वेलबाट दैनिक २० लाख लिटर पानी प्राप्त भई रहेको छ । साता यता बिस्तारै ट्यांकीको पानीको माग घट्दो क्रममा रहेको इन्जिनियर यादवले बताउनुभयो । पर्साका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले पनि हाल महानगरमा ट्यांकरको पानीको माग घटेको बताउनुभयो ।