राष्ट्रिय

हायु परिवारलाइ थाकथलो फर्कन वडाध्यक्षको आग्रह

- राजकुमार कार्कीसिन्धुली

थाकथलो छाडेर रातारात कास्कीको पोखरा पुगेका उर्मीला हायु सहितको परिवार पुनस्थापनाका लागि गोलन्जोर गाउँपालिका–६ का वडाध्यक्ष रविन श्रेष्ठ सहितको टोलीले आज भेटेर परिवारलाइ फर्किन आग्रह गरेका छन् ।

६ नं वडाको छेत्पानजिक भण्डास विप्पर कटेरीबाट ६ दिन अघि घर, चौपाया र पशुपंक्षीलाइ तेत्तिकै छाडेर हायु परिवार पोखरा पुगेको थियो ।

घर भएको जमिन खरिद गरिदिने, अस्थायी बसोबासका लागि वडामै छुट्टै स्थानमा घर निर्माण, शिक्षा, स्वास्थ्य, रोजगारीको व्यवस्थाकालागि प्राथमिकतामा राख्ने प्रतिबद्धता जनाएको वडाध्यक्ष श्रेष्ठले बताउनुभयो ।

सडक सुविधा, खानेपानी, स्वास्थ्य, र शिक्षामा पहुँच नभएकाले परिवारका सदस्यले थाकथलो फर्किन मन नगरेको जनाइएको छ । जति दुःख गरेपनि खानको लागि उब्जनीले तीन महिना पनि नधानेपछि हातमुख जोड्न शहर पस्नुको विकल्प उनीहरुले गुनासो गरेको वडाध्यक्ष श्रेष्ठको भनाइ छ ।

यसैबीच कांग्रेस प्रमख सचेतक श्याम घिमिरेले हायू परिवारको पुनस्थापनाका लागि आफूले आर्थिक, भौतीक, नैतिक जस्तो सहयोग गर्न पनि तयार रहेको बताउनुभएको छ ।