साउन २२ देखि नेपालमा सामसङको Galaxy Z Fold 7 र Z Flip 7 को प्रि अर्डर खुला हुने
- काठमाडौंसामसङ नेपालले ग्यालेक्सी जेड फोल्ड ७ र जेड फ्लिप ७ को प्रि अर्डर गर्न सक्ने घोषणा गरेको छ ।
सो सिरिज पातलो, हलुका र इन्टयुटिभ इन्टेलिजेन्ससहितका नयाँ फोल्डेबेल स्मार्टफोनहरु यही साउन २२ गतेदेखि साउन २९ गते सम्म प्रि अर्डर गर्न मिल्ने सामसङले जनाएको छ ।
हालसम्मकै सबैभन्दा पातलो र हलुका फोल्ड सिरिजमा ग्यालेक्सी डिजाइन, क्यामेरा कार्यक्षमता र ए.आई प्रविधिलाई एकसाथ ल्याएको बताइएको छ । सो डिभाइसले अल्ट्रा स्मार्टफोनको रुपमा प्रिमियम प्रदर्शन गर्छ भने खोल्न साथ ठूलो र इमर्सिभ डिस्प्ले मार्फत कार्यक्षमता र उत्पादकत्वमा नयाँ स्तर प्रदान गर्ने सामसङको भनाई छ ।
प्रि अर्डरका लागि दर्ता गरेपछि ५ हजार रुपैयाँको अग्रिम भुक्तानी गरेपछि ग्राहकहरुले ओ टी पी प्राप्त गर्ने छन् र उनीहरुले स्टोरमा प्रि अर्डर गरेको नयाँ फोल्डबेल प्राप्त गर्दा आफ्नो खरिद प्रमाणित गर्न प्रयोग गर्न सक्ने सामसङले जनाएको छ ।