राष्ट्रिय

पाँचदिनदेखि हराइरहेका दाजु बहिनी मृत भेटिए

- केएफएम डेस्ककाठमाडौं

पाँच दिनदेखि हराइ रहेका पाँचथरको याङवरक–१ च्याङथापुका दाजु बहिनी मृत भेटिएका छन् ।

उनीहरु दुबै जना आज याङवरक–१ को बिरुवा खोलामा मृत अवस्थामा भेटिएका हुन् ।

स्थानीय बिर्ख राईका ९ वर्षीय छोरा शिशिर राई र उनकी ६ वर्षीया बहिनी नानुमा राई शुक्रबार बिहानैदेखि सम्पर्कविहीन थिए ।

खोजी गर्ने क्रममा उनीहरु दुबै जना मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक कौशलकुमार बुडाथोकीले बताउनुभयो ।