राष्ट्रिय

दैलेखमा १२ वर्षीया किशोरीमाथि बलात्कार, दुई जना पक्राउ

- केएफएम डेस्ककाठमाडौं

दैलेखको चामुण्डा बिन्द्रासैनी नगरपालिकामा बालिकामाथि सामूहिक बलात्कार गरेको आरोपमा दुई जना युवकलाई प्रहरीले पक्राउ गरेको छ । 

जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी निरीक्षक तथा सूचना अधिकारी लालबहादुर सुनारका अनुसार साउन २२ गते साँझ तिजको नाच हेर्न गएकी बालिकालाई सोही गाउँका दुई युवकले बलात्कार गरेको उजुरी परेपछि उनीहरुलाई नियन्त्रणमा लिएको हो ।

 पक्राउ पर्नेमा २३ वर्ष र २५ वर्षका युवा छन् । उनीहरुले छिमेक गाउँकी १२ वर्षीया बालिकालाई बलात्कार गरेको प्रहरी अनुसन्धानका क्रममा खुलेको छ । पीडित बालिकाका आफन्तले गत शुक्रबार प्रहरीमा जाहेरी दिएपछि दुई युवकलाई पक्राउ गरिएको जिल्ला प्रहरी कर्यालय दैलेख जनाएको छ । बालिकाको जिल्ला अस्पताल दैलेखमा उपचार भइरहेको हाम्रा सहकर्मीले जनाएका छन् ।