नेकपा बहुमतका चितवन सचिव पक्राउ
- चितवननेपाल कम्युनिष्ट पाटीनेकपा बहुमतका चितवन जिल्ला सचिव ध्रुव खड्कालाई प्रहरीले पक्राउ गरेको छ ।
चितवनको खैरहनीमा रहेको नापी कार्यालयका प्रमुख शालिकराम लम्सालमाथि हिजो केही व्यक्तिहरूले कार्यकक्षमै पसेर कालो मोसो दलेका थिए ।
सोही घटनामा संलग्न भएको आरोपमा खड्का पक्राउ परेको चितवन प्रहरीले जनाएको छ ।
हिजै पक्राउ परेका खड्कालाई जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखेर अनुसन्धान भइरहेको कार्यालयका प्रवक्ता डिएसपी रविन्द्र खनालले जानकारी दिनुभयो ।
खड्काको साथबाट नौवटा पर्चा पनि बरामद भएको छ ।