राष्ट्रिय

बाढीले मेची र फिदिम फालोट मार्ग अवरुद्व

- लक्ष्मी गौतमपाँचथर

वर्षापछि आएको बाढीका कारण पाँचथरका प्रमूख दुई वटा सडक अवरुद्व भएका छन् ।

गएराती आएको बाढीले मेची राजमार्ग र फिदिम नांगीन फालौट मार्ग अवरुद्व भएका हुन् ।

हेवा खोलामा आएको बाढीले सो स्थानमा बनाइएको डाइभर्सनको सतह पार गर्दा मेची राजमार्ग अवरुद्व भएको जिल्ला प्रहरी कार्यालय पाचँथरले जनाएको छ ।

डाइभर्सन माथि पानी बगिरहेकाले मर्मतका लागि केहि समय लाग्ने सडक डिभिजन इलामका सुपरभाइजर डम्बर मिश्रले जानकारी दिनुभयो ।

उहाँका अनुसार अहिले त्यहा २ वटा स्कावेटरले बाटो मर्मतको प्रयास गरिरहेका छन ।