मनसुन सक्रिय भएसँगै मुलुकका अधिकांश स्थानमा वर्षा
- काठमाडौंमनसुन सक्रिय भएसँगै मुलुकका कतिपय स्थानमा अहिले वर्षा भइरहेको छ ।
मनसुनको न्यून चापीय रेखा तराई आसपास रहेकाले आगामी २४ घण्टा ती क्षेत्रमा मध्यमदेखि अधिक वर्षा हुने अनुमान गरिएको छ ।
मधेस प्रदेशलगायत कोशी, वागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानमा भारी वर्षा र एकदुई स्थानमा मुसलधारे वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
कर्णाली प्रदेशका एकदुई स्थानमा भने भारी वर्षाको सम्भावना छ ।
महाशाखाका अनुसार आज राति गण्डकी र कर्णाली प्रदेशका पहाडी तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाडी तथा तराई भागका धेरै स्थानमा मध्यम वर्षाको सम्भावना छ ।