नयाँ शक्ति भनिएकाले भ्रम सिर्जना गरेको प्रधानमन्त्री ओलीको आरोप
- धनुषाप्रधानमन्त्री केपी शर्मा ओलीले देशमा नयाँ शक्ति भनेर दाबी गर्नेहरूले आम जनतामा भ्रम सिर्जना गरिरहेको आरोप लगाउनुभएको छ ।
जनकपुरधाममा मधेश प्रदेश प्रहरीको भवन उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले नयाँ शक्ति भनेर दाबी गर्नेहरूको देशमा केही योगदान नरहेको हुनाले व्यवस्था मास्नेतर्फ लागेको बताउनुभयो । प्रधानमन्त्री ओलीले नयाँ पार्टीतर्फ संकेत गर्दै उनीहरुलाई अहिलेको व्यवस्था अत्यन्तै अप्रिय लागेको उल्लेख गर्नुभयो ।
अहिलेको व्यवस्थामा नै केही सुदृढ गरिने प्रधानमन्त्री ओलीको भनाई थियो । सरकार पनि परिवर्तन नहुने भन्दै उहाँले देशको विकासमा दुई ठूला पार्टी इमान्दारसाथ लागेको बताउनुभयो ।