भारतीय विदेश सचिव मिश्री भोलि नेपाल भ्रमणमा आउँदै
- काठमाडौंभारतका विदेश सचिव विक्रम मिश्री भोलि नेपाल भ्रमणमा आउने परराष्ट्र मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार परराष्ट्र सचिव अमृतबहादुर राईको निमन्त्रणामा भारतीय विदेशसचिव मिश्री नेपाल आउन लाग्नुभएको हो । काठमाडौं आएपछि उहाँले प्रधानमन्त्री केपी शर्मा ओली, परराष्ट्र मन्त्री आरजु राणा देउवा लगायतलाई भेट्ने कार्यक्रम रहेको बताइएको छ ।
विदेशसचिव मिश्री पर्सी स्वदेश फर्किनुहुनेछ । प्रधानमन्त्री केपी शर्मा ओलीले भदौ अन्तिम साता भारत भ्रमणमा जाने तयारी गरिरहेका बेला भारतीय विदेश सचिवको नेपाल भ्रमण हुन लागेको हो ।
भ्रमणका क्रममा नेपाल र भारतका परराष्ट्र सचिवबीच नेपाल–भारत साझेदारीका विभिन्न पक्षमा छलफल हुने परराष्ट्र मन्त्रालयले जनाएको छ ।