कुलिङ अफ पिरियडको प्रावधान हटाउन एमालेले छलछाम गरेको शेखर कोइरालाको आरोप
- काठमाडौंनेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले भूमि सम्बन्धी विधेयकमा कांग्रेस सांसदहरुले संशोधन राख्दा समेत त्यसमाथि छलफल गर्न नदिइएको आरोप लगाउनुभएको छ ।
काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै नेता कोइरालाले देशका विभिन्न भागमा रहेका सरकारी जग्गा माँस्ने गरी विधेयक ल्याइएको समेत बताउनुभयो । गोकर्ण रिसोर्ट, राजा वीरेन्द्रको सम्पत्ति, पोखराको लिचीबारी, गिरिबन्धु टिस्टेटमा एमालेले आँखा गाडेर बसिरहेको उहाँको भनाइ थियो ।
नेता कोइरालाले निजामति सेवासम्बन्धी विधेयकमा कुलिङ अफ पिरियडको प्रावधान हटाउन एमालेले नै छलछाम गरेको टिप्पणी गर्नुभयो ।