राष्ट्रिय

भण्डारीले आज सम्पर्क कार्यालय स्थापना गर्दै

पार्टी राजनीतिमा सक्रियता जनाउदै आउनु भएकी पूर्व राष्ट्रपति विद्या भण्डारीले आज आफ्नो सम्पर्क कार्यालयको उद्घाटन गर्दै हुनुहुन्छ । एमाले पूर्व उपाध्यक्ष समेत रहेकी भण्डारीले काठमाडौंको थापागाउँस्थित एक घरबाट सम्पर्क कार्यालय सञ्चालन गर्न लाग्नु भएको हो ।

मदन भण्डारी ७५ औं जन्मजयन्ती मूल व्यवस्थापन समिति’को कार्यालय भनिएपनि सोही भवनबाट भण्डारीले आगामी राजनीतिक गतिविधि सञ्चालन गर्ने बताइएको छ । पूर्वराष्ट्रपति भण्डारीलाई राजनीतिमा आउन रोक लगाउने र उनको पार्टी सदस्यता नवीकरण नगर्ने एमाले निर्णयपछि भण्डारी सम्पर्क कार्यालय मार्फत राजनीतिमा सक्रिय हुने कतिपय नेताको बुझाई छ । मदन भण्डारीले २०४८ सालको चुनावी अभियान पनि सोही भाडाको घरबाटै चलाउनु भएको थियो ।