राउटे समुदायका ज्येष्ठ सदस्य शाहीको निधन
- सुर्खेतराउटे समुदायका ज्येष्ठ सदस्य ७५ वर्षीय नन्दाराम शाहीको हृदयघातका कारण निधन भएको छ ।
केही समयअघि सुर्खेतको वीरेन्द्रनगर–११ चन्दनपुरबाट बसाइँ सरेर लेकबेंसी नगरपालिका–१० झुप्राखोला बसोबास गरिरहेका शाहीको आज बिहान निधन भएको राउटे समुदायमा कार्यरत लालबहादुर खत्रीले जानकारी दिनुभयो ।
शाहीको निधनपछि राउटे समुदायको संख्या १ सय ३५ रहेको छ ।