राष्ट्रिय सभाबाट नेपाल नागरिकता संशोधन विधेयक पारित
काठमाडौंसंघीय संसदको माथिल्लो सदन राष्ट्रिय सभाले नेपाल नागरिकता (दोस्रो संशोधन) विधेयक पारित गरेको छ । राष्ट्रिय सभाको आजको बैठकले विधायन समितिको प्रतिवेदनसहित नेपाल नागरिकता सम्बन्धी विधेयक पारित गरेको हो ।
सो विधेयक प्रतिनिधिसभाबाट पारित भएर राष्ट्रिय सभामा पुगेको थियो । विधेयकबारे सांसदहरूले राखेका जिज्ञासाको जवाफ दिँदै गृहमन्त्री रमेश लेखकले नागरिकताको सन्दर्भमा ऐतिहासिक काम गरिएको बताउनुभयो । आमाको नामबाट नागरिकता दिंदा उत्पन्न भएको व्यवहारिक समस्यालाई हल गरिएको उहाँको भनाइ थियो ।