प्रधानमन्त्रीले विश्वासको मत लिनुपर्ने माग दाबीसहित परेको रिटमा सर्वोच्चको कारण देखाउ आदेश
काठमाडौंसर्वोच्च अदाललते प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिनुपर्ने माग दाबी गरिएको रिटमा लिखित जवाफसहित छलफलमा उपस्थित हुन आदेश गरेको छ । न्यायाधीश सुनिलकुमार पोखरेलको एकल इजलासले रिटमा भनिए बमोजिम अन्तरिम आदेश दिन पर्ने वा नपर्ने बारे कारणसहित छलफलमा उपस्थित हुन भनिएको छ ।
अन्तरिम आदेशका लागि छलफलमा बोलाउने आदेश भएको सर्वोच्चका सूचना अधिकारी निराजन पाण्डेले जानकारी दिनुभयो । सरकारलाई समर्थन गरेका मध्येको जनता समाजवादी पार्टी, नेपाल र नागरिक उन्मुक्ति पार्टीले समर्थन फिर्ता लिएकाले विश्वासको मत लिनुपर्ने दाबीसहित अधिवक्ता वीरेन्द्र केसीले हिजो रिट निवेदन दिनुभएको थियो ।