नेपाल र भारतबीच विश्वासको संकट छ : महामन्त्री थापा
- पर्सानेपाली कांग्रेसका महामन्त्री गगन थापाले नेपाल र भारतबीच विश्वासको संकट रहेको टिप्पणी गर्नुभएको छ । प्रदीप गिरी इन्स्टिच्युटको आयोजनामा आज वीरगन्जमा आयोजित ‘उत्साह र संघर्षको आलोकमाः प्रदीप गिरीको सम्झना’ कार्यक्रमका बोल्दै उहाँले दुई देशबीच सरकारीस्तरमा नै विश्वासको संकट रहेको उल्लेख गर्नुभएको हो ।
महामन्त्री थापाले नेपाल–भारत सम्बन्धको विषय उठ्नासाथ जलस्रोत उपयोगको विषयमा कोशी, गण्डकी र महाकाली सन्धि लगायतका विषयमा चुकेको जिकिर गर्नुभयो । उहाँले विश्वासको संकटले गर्दा २०/२५ वर्षयता दुवै देशले जलस्रोतको उपयोगको सम्बन्धमा दुवै देश असफल भएको बताउनुभयो ।