राष्ट्रिय

रौतहटको गौरमा महिलाको शव फेला

रौतहटको गौर नगरपालिका वडा नम्बर ९ गौर सिर्सिया सडक खण्ड अन्तर्गत मुडवालवा मोडमा सुटकेशमा महिलाको शव भेटिएको छ । गएराति सडक किनारमा फालिएको सुटकेशमा शव फेला परेको हो । आज बिहान सुटकेश खोल्दा विवाहित महिलाको शव भेटिएको प्रहरीले जनाएको छ । गुलाबी रंगको कुर्तासुरुवाल लगाएकी महिलाको उमेर करिब ३५ वर्षको रहेको अनुमान गरिएको छ । घटनाबारे अनुसन्धान भइरहेको रौतहट प्रहरीले जनाएकोछ।