भाडाको घरमा बस्ने परिवारको संख्या ८ लाख ५२ हजार बढी
- काठमाडौंदेशभर भाडाको घरमा बस्ने परिवारको संख्या ८ लाख ५२ हजार ५८७ पुगेको छ ।
राष्ट्रिय तथ्यांक कार्यालयले सार्वजनिक गरेको पछिल्लो जनगणना अनुसार, कुल ६६ लाख ६० हजार ८४१ परिवारमध्ये ५७ लाख २८ हजार ३ सय २३ परिवार आफ्नै घरमा बसोबास गर्छन् ।
यो कुल परिवार संख्याको करिब ८६ प्रतिशत रहेको छ । यसका अतिरिक्त, संस्थागत वा अन्य घरमा बस्ने परिवार संख्या ३९ हजार ९ सय ६५ रहेको तथ्यांकले जनाएको छ । नेपालमा अझै पनि अधिकांश परिवार आफ्नै घरमा बस्ने देखिए पनि भाडामा बस्नेको संख्या उल्लेखनीय छ ।
सबैभन्दा धेरै काठमाडौं क्षेत्र नम्बर–१ मा ६२ प्रतिशत परिवार भाडामा बसोबास गर्ने तथ्यांकले देखाएको छ । देशभरको तथ्यांक हेर्दा ८६ दशमलव ८ प्रतिशत परिवार भने आफ्नै घरमा बसोबास गर्ने गरेका छन् ।