राष्ट्रिय

सामाजिक सञ्जाललाई दर्ता हुन पुनः एक साता समय थप गर्ने सरकारको निर्णय

- केएफएम डेस्ककाठमाडौं

नेपालमा सञ्चालनमा रहेका तर दर्ता नभएका विभिन्न सामाजिक सञ्जाललाई दर्ता हुनका लागि सरकारले पुनः एक साता समय थप गरेको छ ।

पटक पटकको आग्रहलाई सामाजिक सञ्जाल सञ्चालक कम्पनीले अटेर गर्दै आइरहेको समयमा सरकारले पुनः एक साताको समय थप गरेको हो ।

सरकारका प्रवक्ता पृथ्वीसुब्बा गुरुङका अनुसार सर्वोच्च अदालतको आदेशबमोजिम सामाजिक सञ्जाल सात दिनभित्र सञ्चार मन्त्रालयमा सूचीकरण हुनुपर्ने र तोकिएको अवधिमा सूचीकरण नभए नेपालमा निष्क्रिय गराउन दूरसञ्चार प्राधिकरणलाई निर्देशन निर्णय समेत भएको छ ।

विशेष गरि फेसबुक म्यासेन्जर, ह्वाट्सएप लगायत समाजिक सञ्जाल सञ्चालक कम्पनी मेटाले सरकारको आग्रह अटेर गरिरहेको छ ।